April 20, 2024
पुस ६, २०७८

काठमाण्डाै \  लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार भने बढेको छ । नेप्से आज ५६ दशमलव ७३ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव ५५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेकोमा बीमा, विकास बैंक, उत्पादन, व्यापार र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले बढेको छ । दुई सय २६ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटाको मात्रै घटेको छ ।

आज ४९ लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ३८ करोड ३२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी कम्पनीकाे १४ कराेड रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेको छ । यस्तै जानकी फाइनान्स र रसुवागढी हाइड्रोको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर झन्डै नौ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *