
हेटौंडा \ मकवानपुरगढी ३ देवीडाँडामा रहेको धमिले कृषि सहकरी संस्था लिमिटेडको दशौैं साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष नवराज सञ्जेलको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडाध्यक्ष घिमिरेले धमिले कृषि सहकारी संस्था जिल्लामै उदाहरणीय सहकारी संस्था रहन सक्ने बताए । सहकारीको भबन निर्माण गर्न आर्थिक सहयोग गरिएको र किसानलाई सहयोग पुगोस भन्ने उद्देश्यले ट्राक्टर समेत वितरण गरेको अध्यक्ष घिमिरेले बताए । उनले गाउँपालिकाको कृषकलाई तरकारी विउ भण्डारण गर्न कोल्ड स्टोरको समस्या भईरहेको बेला गाउँपालिकाकै पहलमा संघीय सरकारको ९३ लाख लागतमा डुम्रेकुनामा कोल्डस्टोर भवन बन्न लागेको बताएका छन् ।
कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष नवराज संजेलले संस्थागत प्रतिवेदन र लेखा समिति संयोजक टिकादत्त घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा २४ लाख ११ हजार ४ सय ३० रुपैया बराबरको कारोबार गरेको छ ।
संस्थाले बचत तथा ऋणका साथै सहकारी उपभोक्ता पसल अन्तरगत रासायनिक मल, वीउ, किटनाषक औषधि ,अनाज तरकारी तथा फलफुल खरिद बिक्रिवितरणको काम गर्दै आएको छ । संस्थाले कृषि ज्ञानकेन्द्र संगको सहकार्यमा किसानलाई प्लास्टिक पोखरी ,प्लाष्टिक टनेल कृषि औजाार कुलो निर्माणमा सहयोग गर्दै आएको संस्थाका अध्यक्ष संजेलले बताए ।
सभामा नियमित बचत तर्फ चन्द्रमान गोले, नियमित किस्ता तर्फ कृष्ण कुमारी अर्याल र नगद कारोबार तर्फ गोकर्ण ओझालाई नगद सहित सम्मानित गरिएको थियो । कार्यक्रममा संस्थाका संथापक अध्यक्ष अनिरुद्र दाहाल, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन दाहाल, मकवानपुरगढी गाउँपालिकाका कृषिशाखा प्रमुख चन्द्रकान्त चौधरी, बाबियोडाँडा टोलबिकास संस्थाका अध्यक्ष राजेश देवकोटा, सरस्वती आधारभुत विद्यालयका अध्यक्ष प्रेम प्रसाद दाहाल, संस्थाका सल्लाहकार गोविन्द शर्मा तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।
Two organoids were ER at the beginning but gradually became ER negative after long term culture and passage so were not included in the study priligy buy This medication should be limited to short term use