October 10, 2024
पुस १, २०७८

हेटौंडा \ सहकारीहरुको सहभागितामा हेटौंडामा प्रदेश स्तरीय तीन दिने जडिबुटि खेती तालिम विहीबार सकिएको छ । वनस्पती अनुसन्धान केन्द्र मकवानपुरको आयोजनामा हेटौंडा उपमहानगर वडा नम्बर १३ मा रहेको प्रस्ताविक मझुवा होमस्टे क्षेत्रमा तालिम भएको हो ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै तालिमको उट्घाटन गरि आज तालिम समापन भएको हो । तालिमको समापन बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमुख अतिथ्यतामा तथा वनस्पती अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीको अध्यक्षतामा भएको थियो ।

समापन कार्यक्रममा बोल्दै मन्त्री खड्काले सहकारी मार्फत वन र वन सँग जोडेर जडिबुटी खेतीगर्न नीतिगत रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले समूहगत छलफल गरी जडिबुटी सहकारी मार्फत खेतीलाई अघि बढ्न आग्रह गरेका छन् ।

नेपाल जडिवुटी सहकारी महासंघ केन्द्रीय अध्यक्ष एंव सहकारी बोर्डका सदस्य ईश्वरी प्रसाद पाण्डेले जडिबुटीजन्य वस्तु उत्पादन गरि आर्थिक क्षेत्रमा सुधार आउन उद्यम विकास तालिम आवश्यक रहेको बताए । उहाँले खेरगएका र हामीले नचिनेको जडिबुटिलाई पहिचान गरी संकलन तथा खेती गरी खरिद विक्री गर्न सके आर्थिक पाटो बलियो हुने बताए ।

No description available.

तीन दिन सञ्चालन भएको तालिममा वनस्पती अनुसन्धान र जडिबुटिको परिचय, ड्रयागन फ्रुट, मेवा तथा च्याउ खेती, जडिबुटीबारे विद्यमान नीतिगत प्रावधान, बागमती प्रदेशमा जडिबुटी खेतीको विस्तार, सम्भाव्यता, समस्या, चुनौती र अवसरका साथै प्रशोधनबारे जानकारी, कालीकाठ, लौठसल्ला, कुरिलो र चिराइतो खेतीप्रविधि, जडिबुटीको बजारीकरणको अवस्था, जडिबुटी नर्सरी प्रविधि, संकलन तथा दिगो बजारका विषयमा छलफल गरिने जनाइएको छ ।

प्रदेशका १३ जिल्लाका प्रारम्भिक सहकारी संस्था र जिल्ला जडिबुटी सहकारी संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिम भएको स्थानमा होमस्टेको सम्भावना रहेकाले पर्यटन विकासमा तालिमले सार्थकता पाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *