October 10, 2024
मंसिर २९, २०७८

काठमाडौं \  अर्थमन्त्री जनार्दन शर्माले अहिलेको मूख्य समस्या नै पुँजीगत (विकास)  खर्च हुन नसक्नु रहेको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनको उद्घाटनका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यसो हुनुमा राजनीतिक परिस्थिति मूख्य कारण रहेको बताए ।

‘प्रतिस्थापन विधेयकमार्फत बजेट अध्यादेशलाई वैधानिकता दिनुपर्ने बाध्यता थियो,’ उनले भने, त्यसले काम प्रभावित भयो ।’ यस विषयमा अर्थ मन्त्रालय चिन्तित र सक्रिय रहेको समय उनले बताए । ‘अर्थ मन्त्रालय आफैंले खर्च गर्ने होइन’, उनले भने, ‘हामीले व्यवस्थापन मात्र गर्ने हो, लाइन मन्त्रालयहरुसँग दैनिक कुरा भइरहेको छ ।’

अब कामले गति लिने र पुँजीगत खर्च समेत हुने उनको भनाइ छ । फरक प्रशंगमा बैंकिङ क्षेत्रमा तरलता अभाव पूर्ति गर्न नेपाल राष्ट्र बैंकबाट पहल भइरहेको उनले बताए ।

मुलुकलाई समृद्ध बनाउन नेपालको सम्भावना भएका क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै उनले त्यसमा पहल गर्न निजी क्षेत्रलाई समेत आहृवान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *