February 19, 2025
मंसिर २८, २०७८

काठमाडौं \  पछिल्ला दिन निरन्तर वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा मंगलबार एकाएक उछाल आयो । नेप्से ६ प्रतिशतले बढेसँगै डेढ नबज्दै मंगलबारका लागि कारोबारै स्थगित भयो । यस अघि नेप्से ५ प्रतिशतले बढेसंगै ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।

त्यसपछि खुलेको बजार पनि निरन्तर उकालो लागेर केही मिनेटमै नेप्से बृद्धि ६ प्रतिशत पुगेसंगै आज दिनभरिका लागि नै कारोबार स्थगित गरिएको हो । नेप्से १ सय ३७ अंकले बढेर २४ सय १८ पुगेर थामियो । पुप्पकमल दाहालको शेयर बजार अभियव्यक्तिसँगै दुई दिन तीब्र दरले ओरालो लागेको बजार मंगलबार एकाएक सर्किट लाग्ने गरेर बढेको हो ।

थोरै समय मात्र कारोबार हुन सकेकाले कारोबार भने थप खुम्चिएर २ अर्ब तलै सीमित भयो । सबै समूहमा हरियाली छाउँदा सबैभन्दा उच्च बीमा समूहमा साढें ६ सय अंकको बराबरको बृद्धि आयो ।

विकास बैंक र उत्पादनमूलक समूहमा पनि ३ सय अंक माथिको बृद्धि आयो । लघुवित्त समूह पनि झण्डै ३ सय अंकले उक्लियो । व्यापार, होटल तथा पर्यटन र जलविद्युत समूह पनि २ सय अंक हाराहारीले उक्लिए ।

वित्त र अन्य समूह पनि सय अंक माथिले बढ्दा वाणिज्य बैंक समूहमा पनि ६८ अंकको सुधार आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २० कम्पनीको ४० लाख ८५ हजार कित्ता शेयर १ अर्ब ८४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ८८ कम्पनीको शेयर मूल्य बढेको पनि नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *