September 7, 2024
मंसिर २८, २०७८

 हेटौंडा \ सहकारीहरुको सहभागितामा हेटौंडामा प्रदेश स्तरीय तीन दिने जडिबुटि खेती तालिम सुरु भएको छ । वनस्पती अनुसन्धान केन्द्र मकवानपुरको आयोजनामा हेटौंडा उपमहानगर वडा नम्बर १३ मा रहेको प्रस्ताविक मझुवा होमस्टे क्षेत्रमा तालिम भएको हो ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै तालिमको उट्घाटन गरिएको थियो । सर्पगन्धा विरुवामा पानी हालेर कार्यक्रमको उट्घाटन गर्दै नेपाल जडिवुटी सहकारी महासंघ केन्द्रीय अध्यक्ष एंव सहकारी बोर्डका सदस्य ईश्वरी प्रसाद पाण्डेले जडिबुटीजन्य वस्तु उत्पादन गरि आर्थिक क्षेत्रमा सुधार आउन उद्यम विकास तालिम आवश्यक रहेको बताउनुभयो ।

उहाँले खेरगएका र हामीले नचिनेको जडिबुटिलाई पहिचान गरी संकलन तथा खेती गरी खरिद विक्री गर्न सके आर्थिक पाटो बलियो हुने बताउनुभयो । भूगोल अनुसार जडिबुटि खेतीलाई प्रोत्साहन गर्न सरकारले उचित बजेटको व्यवस्था गरी खेरगएका जडिबुटिलाई संकलन गरी विक्री वितरण गर्न सके देशको आर्थिक पाटोलाई बलियो बनाउने बताउनुभयो ।

No description available.

जडिबुटि खेतीले आर्थिक पाटोलाई मात्र नभई सामाजिक, पर्यटन, पर्यावरणमा समेत सघाउ पुग्ने बताउदैं उहाँले भूगोल अनुसारको योजना र योजना अनुरुपको सपना पुरा हुने बताउनुभयो । जलवायु परिवर्तनले प्रदेशभित्र पर्ने समस्या र चुनौतीलाई सामना गर्दै जडिबुटिको खानी रहेको बागमती प्रदेशमा तालिम पश्चात सहकारीको माध्यमबाट जडिबुटि पहिचान गरी खेती गर्न आग्रह गर्नुभयो । जडिबुटिको अनुसन्धान गर्न सम्बन्धित निकायले चासो दिए नेपालको आर्थिक बृद्धिमा जडिबुटि क्षेत्रको भूमिका रहने बताउनुभयो ।

No description available.

कार्यक्रममा हेटौंडा वडा नम्बर १२ का वडा अध्यक्ष ललित बहादुर घलान, १३ का मनोजकुमार वाइवा, १४ का अध्यक्ष दीपक खड्का, नेपाल जडिवुटी सहकारी महासंघ केन्द्रीय कोषाध्यक्ष मिरा तामाङ, प्रस्ताविक मझुवा होमस्टेका सञ्चालक शंकर मोक्तान, सुरज थिङ तथा सञ्चारकर्मीको अतिथ्यता रहेको थियो ।

तीन दिन सञ्चालन हुने तालिममा वनस्पती अनुसन्धान र जडिबुटिको परिचय, ड्रयागन फ्रुट, मेवा तथा च्याउ खेती, जडिबुटीबारे विद्यमान नीतिगत प्रावधान, बागमती प्रदेशमा जडिबुटी खेतीको विस्तार, सम्भाव्यता, समस्या, चुनौती र अवसरका साथै प्रशोधनबारे जानकारी, कालीकाठ, लौठसल्ला, कुरिलो र चिराइतो खेतीप्रविधि, जडिबुटीको बजारीकरणको अवस्था, जडिबुटी नर्सरी प्रविधि, संकलन तथा दिगो बजारका विषयमा छलफल गरिने जनाइएको छ । प्रदेशका १३ जिल्लाका प्रारम्भिक सहकारी संस्था र जिल्ला जडिबुटी सहकारी संघका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *