हेटौंडा \ मनहरी गाउँपालिका वडा नम्बर ३ मा रहेको साना किसान कृषि सहकारी संस्था लि हाडीँखोलाको १२ औं वार्षिक सभा सोमबार भएको छ ।
गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष राधिका ठकुरीको सभाध्यक्षतामा सभा भएको थियो ।
सहकारीले आफ्ना शेयर सदस्यलाई २५ करोड १० लाख ८० हजार ६८८ कर्जा लगानी गरेको छ भने ८ करोड ८९ लाख ७८ हजार १८४ रुपैयाँ बचत रकम रहेको छ । सहकारीले बाह्य ऋण १६ करोड ८० लाख ८५ हजार लिएर आफ्ना शेयर सदस्यलाई लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । १ करोड ८० लाख ५८ हजार २ सय शेयर पुजीँ रहेको सहकारीले आव २०७७/०७८मा ३१ करोड ६२ लाख ११ हजार ४१९ बराबरको कारोबार गरेको छ ।
सभामा साना किसान विकास लघु वित्त बैंक इलाका प्रवन्धक कृष्णकुमारी शर्मा, मनहरी साना किसान कृषि सहकारीका अध्यक्ष विमला कार्की, वडा नम्बर ३ का अध्यक्ष विष्णुबहादुर थिङ, ४ का अध्यक्ष ध्रुव खड्का, सहकारीका संस्थापक अध्यक्ष निर्मला उप्रेती , लेखा संयोजक देवी तामाङ लगायतको आतिथ्यता रहेको थियो ।