April 20, 2024
मंसिर २६, २०७८

हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले सातदिने व्युटिपार्लर तालिम सञ्चालन गरि आइतबार समापन गरेको छ ।

सहकारीको वार्षिक कार्यक्रम अन्तरगत सहकारीले आफ्ना शेयर सदस्यलाई व्युटिपार्लर तालिम सञ्चालन गरेको हो । एक कार्यक्रमका बीच समापन गर्दै सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरेको छ ।

वडा अध्यक्ष मनोजकुमार वाइवाको प्रमुख अतिथ्यतामा तालिममा सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको थियो । एड्रेला व्युटि हेयर सैलुन एण्ड ट्रेनिङ सेन्टरकी शान्तिमाया मुक्तानले प्रशिक्षण दिएकी थिइन् । तालिममा विभिन्न महिला समूहका २८ जनाको सहभागिता रहेको संस्थाका व्यवस्थापक फुलमाया मुक्तानले बताइन् ।

No description available.

संस्थाका अध्यक्ष विष्णुमाया लामाको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । अध्यक्ष लामाले सीप सिकाईमा महिला मिलनको लगानी रहेको बताउदैं सीप सिकेर आर्थिक उर्पाजन तर्फ सबैलाई आग्रह गरेकी छिन् ।

सहकारीले हरेक वर्ष वार्षिक कार्यक्रम राखी विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले यस अघि अचार,चिप्स, दालमोठ र सिलाईको तालिम सञ्चालन गरिसकेको छ । सहकारीले १६ दिने महिला हिंसा विरुद्धको अभियानको अवसर पारेर ३० जना शेयर सदस्यलाई कानुनी शिक्षा शिविर सञ्चालन पनि गरिएको व्यवस्थापक मुक्तानले बताइन् ।

उनले केहि दिन अघि मात्रै पोखरामा रहेका विभिन्न सहकारी संस्थाहरुको संस्थाका उपाध्यक्ष मिना थापाको नेतृत्वमा गई अध्ययन अवलोकन समेत गरिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *