March 29, 2024
मंसिर १९, २०७८

हेटौंडा \  हेटौंडा ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको नयाँ कार्यसमितिले पूर्णता पाएको छ । गत कात्तिक २७ गते भएको २५ औं साधारणसभाबाट अध्यक्षसहित ३ पदमा सर्वसम्मत भएपनि बाँकी १० पदमा निर्वाचन भएको छ ।

१३ सदस्यीय कार्यसमितिको अध्यक्षमा जंगबहादुर गुरूङ, सचिवमा नारायण प्रसाद खतिवडा, सहसचिवमा ज्ञानेन्द्र कुमार अधिकारी सर्वसहमत चयन भएका थिए ।

शनिबार भएको निर्वाचन मार्फत् उपाध्यक्षमा रामचन्द्र दाहाल विजयी भएका छन् । उपाध्यक्षमा केशबप्रसाद न्यौपाने पराजित भएका थिए । त्यस्तै सदस्यहरुमा गोमादेवी पौडेल, ईन्दिराकुमारी काफ्ले, बिमल घिमिरे, नरेन्द्र भण्डारी, टिकाप्रसाद भट्टराई, रामचन्द्र अर्याल, नकुलप्रसाद अधिकारी, दीपक खड्का र सुन्दर न्यौपाने चयन भएका छन् ।

उम्मेदवार बनेका रामप्रसाद नेपाल, अच्युतम पौडेल, रामप्रसाद कोइराला, माधव घिमिरे, शत्रुघन महर्जन, धिरज कार्की, उरुषा दाहाल, मञ्जुकुमारी देवकोटा र पुष्पाकुमारी भट्टराई सदस्य पदमा पराजित भएका छन् ।

त्यस्तै, लेखा समितिको संयोजकमा धर्मराज मिश्र तथा सदस्यहरू कृष्णप्रसाद ढकाल र प्रेमप्रसाद बोलखे सर्वसम्मत चयन भएका थिए । सदस्य पदमा केदार अधिकारी पराजित भएका थिए ।

पशुपतिनगरमा मुख्य कार्यालय रहेको सहकारीले पशुपतिनगरसँगै कमाने र पारिजातपथमा रहेको सेवा केन्द्र मार्फत् सिमेन्ट, रड, ढलान केमिकल लगायत निर्माण सामग्री र ग्याँस बिक्री गर्दै आएको छ । सहकारीको कार्यक्षेत्र हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *