हेटौंडा \ हेटौंडा ६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा विस्तार गर्दै को हेटौंडा ४ स्थित भुवनेश्वर सेवा केन्द्रको स्थापना गरेको छ । २०६६ सालमा स्थापित भुवनेश्वर बचत तथा ऋण सहकारी चौघडा सहकारीमा मर्ज भएपछि भुवनेश्वर सेवा केन्द्र आइतबार संचालनमा ल्याईएको हो ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख अतिथ्यता तथा सहकारीको भुवनेश्वर सेवा केन्द्रका व्यवस्थापक दिपकदास श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका दुर्गा न्यौपाने, मकवानपुर उद्योग वणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, चौघडा बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष विजयकुमार श्रेष्ठ, सचिव अर्जुनप्रसाद हुमागाई, कानुनी सल्लाहकार रमेश गिरी, सल्लाहकार रविकुमार चौलागाईले आफ्ना भनाइ राखेका थिए ।
चौघडा बचत तथा ऋण सहकारीमा हाल २ हजार ४ सय ५३ शेयर सदस्य रहेका छन् । सहकारीको कूल बचत २३ करोड ७८ लाख ५ हजार रहेको छ भने ऋण प्रवाह २५ करोड ५० लाख २५ हजार रहेको बताईएको छ । भुवनेश्वर बचत तथा ऋण सहकारीमा १ सय ७१ जना शेयर सदस्य, ९२ लाख ३७ हजार बचत र ८५ लाख ४३ हजार लगानी रहेको जनाइएको छ ।