
हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ बाबियोडाँडामा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन जानकी दाहाल चयन भएकी छिन । संस्थाको शनिबार सम्पन्न २३ औ वार्षिक साधारणसभाले दाहाललाई ४ वर्षका लागि पुनःअध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
भेलाले संस्थाको उपाध्यक्षमा शारदा दाहाल संचालक सदस्यहरु बसन्ती ठकुरी, सृजना रुम्बा, राधिका लामा, रत्नमाया लामा, बुद्धलक्ष्मी अधिकारी, अनिता सापकोटा,चन्द्र कुमारी सुनार गरि ९ सदस्यीय सन्चालक समिति चयन गरिएको छ ।
जिल्ला प्रतिनिधि सदस्यमा भने रुक्मणी ढुंगाना चयन भएकी छिन् । त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा जोसिना बर्तौला र सदस्यमा मिठु अधिकारी र सुभेच्छा दाहाल सर्वसम्मत चयन भएका छन्।
संस्थाका अध्यक्ष जानकी दाहालको सभाध्यक्षतामा भएको भेलामा गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता एवम् ३ नं वडाका वडाध्यक्ष भागवत घिमिरे लगायतको अतिथ्यता रहेको थियो ।