हेटौंडा \ हेटौंडा १५ भोर्लेमा रहेको महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्था लिको २१ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष जुना दंगालको सभाध्यक्षतामा भएको सभामा हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महतको प्रमुख अतिथ्यता रहेको थियो ।

सभामा उत्कृष्ट नियमित बचत गर्ने बालकुमारी भोम्जन र सुनमाया थिङलाई सम्मान गरिएको थियो । सोही अवसरमा सर्वाधिक बचत गर्ने जम्मा गर्ने निमा पाख्रिन र मैया थापा, असल कारोबार गर्ने(ऋणी) मिना कुमारी वाईवा र एलिशा मोक्तान, उत्कृष्ठ शेयर खरिद गर्ने विमला तितुङ र मिठुमाया स्याङ्तान, सफल व्यवसायी( उद्यमी) लक्ष्मी ढकाल, तारा घलान, उत्कृष्ठ महिला समूह सुर्यमुखी महिला र उन्नती महिला समूहलाई सम्मान गरिएको थियो ।

No description available.

दुई हजार १११ जना शेयर सदस्य रहेको सहकारीमा एक करोड ६० लाख ४५ हजार शेयर पुजीँ रहेको छ । सहकारीले १० करोड २६ लाख ७२ हजार ३३१ ब्चत निक्षेप संकलन गरी आफ्ना शेयर सदस्यलाई ११ करोड २३ लाख २७ हजार ८७९ रुपैयाँ कर्जा लगानी गरेको छ । जुन उद्योग व्यापार, पशुपालन, घर मर्मत तथा जग्गा खरिद, कृषि, वैदेशिक, हायरपर्चेज, घरेलु तथा साना उद्योग जस्ता शीर्षकहरुमा लगानी गर्दै आइरहेको छ ।

No description available.

साधारण सभामा वडा अध्यक्ष महारत्न लामा, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विष्णुमाया लामा, ग्रामिण महिला सेवा केन्द्रका कोषाध्यक्ष सुलोचना स्याङ्तान, जनचेतना साकोसका अध्यक्ष जानुका दवाडी, चुरियामाई माविका अध्यक्ष सुनिल मोक्तान, चुरेशिखर कृषि सहकारी संस्थाका सदस्य भिमसेन दंगाल, संस्थाका उपाध्यक्ष मिना अधिकारी लगायतको उपस्थिती रहेको थियो ।