
हेटौँडा \ हेटौँडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणसभा शनिवार भएको छ ।
सभामा संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महतको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।
सभामा विभिन्न विधामा मासिक बचत नियमित गर्ने हरिकृष्ण ढकाल, कमला पाठक, उत्कृष्ट कारोबारमा खीलप्रसाद घिमिरे, कमला आले मगर, ज्येष्ठ शेयर सदस्यमा लालप्रसाद पोखरेल र चित्रा कुमारी आचार्य, उद्यमी तर्फ विष्णुकुमार श्रेष्ठ, मायादेवी राई, सदस्यता वृद्धितर्फ यादव सापकोटा, मान बहादुर सिंह लामालाई सम्मान गरिएको थियो ।
त्यस्तै, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, संचालक समिति तर्फ रेखा गिरी(मैनाली), संस्थागत सेयर तर्फ दिवाकर आचार्य र नारायण प्रसाद अधिकारी, बाल बचततर्फ आदिति कोइराला, सुयाष्ना लामा र महिला बचत समूह तर्फ बिन्दबासिनी महिला उप–समूह ’ख’ लगायतलाई नगद सहित सम्मान गरिएको थियो ।
त्यस्तै संस्थाको सेयर सदस्य रही नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, बागमती प्रदेश परिषद् सदस्य सुनिल शिवाकोटी र नेपाल पत्रकार महासंघ मकवानपुर कार्य समिति सदस्य विजय पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सभामा हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी उपध्यक्ष मिना चौरेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, चौघडा सहकारीका काव अध्यक्ष विजयकुमार श्रेष्ठ, रानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष विष्णुप्रसाद न्यौपाने, हेटौंडा वचत तथा ऋण सहकारी अध्यक्ष ईन्द्रबहादुर बस्नेत, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, संस्थाका सल्लाहकार गणेशकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
२ करोड २६ लाख ३१ हजार शेयर पूँजी रहेको संस्थामा १६ करोड ४२ लाख बचत र १६ करोड २५ लाख २४ हजार ऋण लगानी गरिएको प्रतिवेदनमा उल्लेख रहेको छ । सभामा अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक दिपनराज आचार्यले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।