
हेटौंडा \ हेटौंडा ११ डाङडुङ्गेमा रहेको क्षिरसागर दुग्ध उत्पादन सहकारी संस्था लि.को १८ औं वार्षिक साधारण सभा शनिबार भएको छ । हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महतको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा सभा भएको थियो ।
सभामा सहकारीमा दुध बेच्ने कृषकलाई सम्मान गरिएको थियो । जसमा एक वर्षमा ८,६६५ लिटर दुध विक्री गर्ने पूर्णकुमारी बस्नेत प्रथम, ६,०५० लिटर दुध विक्री गर्ने छमी खड्का, ५,८४४ लिटर दुध विक्री गर्ने तारादेवी कर्पौला तृतीय र ५,६५६ लिटर दुध विक्री गर्ने नानुकुमारी गिरीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
३ लाख ५४ हजार ७ सय शेयर पुजीँ रहेको सहकारीले आव २०७७/०७८मा १ करोड ४ हजार ७६ रुपैयाँको दुध खरिद गरी एक करोड ३ लाख ६८ हजार २०३ रुपैयाँको दुध विक्री गरेको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।
सभामा वडा नम्बर ११ का वडा सदस्य जुना दहाल, उपयोगी सहसाव्दी साकोसका अध्यक्ष दिनेश विडारी, बागेश्वरी महिला साकोसका अध्यक्ष आशा अर्याल, लेखा संयोजक कृष्णप्रसाद खनाल, संस्थाका सचिव तारादेवी कर्पौला लगायतले आफ्ना भनाई राखेका थिए ।
सहकारीले दैनिक २३ क्यान(ठुलो) दुध संकलन गरि विक्री वितरण गर्दै आइरहेको छ ।
Rupert sfnHRXdISZd 6 19 2022 pediatric dose of augmentin