
काठमाडौं \ नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ ।
बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सरुवात गरेको छ ।
बैंकले सुरु गरेको सामाजिक उद्यमशिलता कार्यक्रमले समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने उद्देश्य लिएका बताएको छ ।
यस कार्यक्रममार्फत बैंकले स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सीप र वित्तीय सहयोग प्रदान गर्ने बताइएको छ । त्यस्तै यस कार्यक्रम अन्तर्गत सामाजिक उद्यमशीलता प्रमाणपत्र र फेलोशिप कार्यक्रम गरी दुई किसिमका रहेका छन् ।
जस मध्ये पहिलो चरणमा सातै प्रदेशको एक–एक वटा क्याम्पसँग सम्झौता गरेका नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताउनुभयो । कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैंकको सहयोग हुने उहाँले बताउनुभयो ।
नबिलको एसएसई कार्यक्रमको दुवै कोर्ष पूरा गरेको व्यक्ति उद्यमशीताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरु गर्ने अपेक्षा बैंकको रहेको बताइएको छ ।
कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सहयोग गर्न लक्ष्य राखेको छ । यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् । तालिम अविधमा खान बस्ने सबै सुविधा उपलब्ध हुने बैंकले बताएको छ ।