काठमाडौँ \ वर्तमान सरकार गठन भएको ६ महिना पूरा भएको छ । सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्र र लगानी वातावरणमा कस्तो रहन्छ भन्ने सबैको चासो थियो । जेनजी आन्दोलनपछि नयाँ राजनीतिक कोर्ससँगै गठन भएको सरकारको दातृनिकायहरुले कसरी हेर्छन् भन्ने सबैको चासो थियो ।
तर सरकार गठन भएको पहिलो महिना चैतमा मात्रै ६१ वटा परियोजनामार्फत १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएका थिए, जुन रकम पुस महिनायताकै मासिक रूपमा उच्च थियो । त्यसले वर्तमान सरकारले लगानीको वातावरण बनाउने अपेक्षासहित वैदेशिक लगानी प्रतिबद्धता आउने आशा जगाएको थियो ।
तर त्यसपछिका महिनामा भने कमी आयो । चैतदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ को भदौसम्मको ६ महिनाको अवधिमा नेपालमा २६ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ ।


