January 22, 2025
मंसिर ७, २०७८

मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा रहेको देशकै चर्चित दुग्ध सहकारी मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । संस्थाले संचालन गर्न लागेको दुग्ध प्रशोधन तथा उत्पादन उद्योग उप-आयोजनाको बारेमा जानकारी दिन प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका विशेष अतिथिमा नेपाल सरकार , कृषि तथा पशुपंछी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौंडाका प्रमुख डाक्टर बिदुर गौतम ,घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दाहाल र जिल्ला दुग्ध उत्पादक सहकारी संघका ब्यवस्थापक कुमारमणी दाहालको उपस्थिति रहेकोे थियो । कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु , विभिन्न संघ-संस्थाका प्रतिनिधि , सुरक्षा निकाय , पत्रकार लगायत संस्थाका कार्यसमिति , कर्मचारी तथा शेयरसदस्य कृषकहरुको उपस्थिति रहेको थियो ।

संस्थामा हाल १ रोपनीमा रहेको १० कोठे २ तल्ले पक्की भवन , ४ हजार पाँचसय लिटर क्षमताका २ वटा चिलिङ्ग भयाट , प्रती घण्टा १ हजार लिटर चिस्यान क्षमताको आईबिटी तथा चिलिङ्ग प्लेट , १५ केभिएको जेनेरेटर १ , तिनसय लिटरको सोलार हिटर लगायतका सम्पत्तिहरु रहेको प्रतिवेदन मार्फत संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताएका छन् । संस्थाको आव २०७६/०७७ आषाढ मसान्तसम्ममा कम्प्युटर , मेशिन उपकरण , भवन जग्गा समेतको ह्रास कट्टी गरि ८४ लाख ४४ हजारको सम्पत्ति रहेको जानकारी गराईएको थियो । संस्थाले आव २०७६/०७७ मा दुध तथा अन्य कारोबारबाट ३८ लाख ५३ हजार शुद्ध नाफा कमाएको छ ।

संस्थाले हाल कृषकहरूलाई कृषकहितकोषको ब्यवस्था , खाद्य तथा पशुआहार बिक्री , उपभोक्ता पसल , आफ्नै प्राविधिक सहित पशु औषधि पसल संचालन सहित बचत तथा ऋण लगायतको कारोबार समेत गर्दै आईरहेको छ । संस्थाले हाल करिब ४ सय किसानहरूबाट दैनिक ४३ सय लिटर दुध उत्पादन गरिरहेको छ ।

आयोजना संचालन पश्चात उद्योगबाट पाश्चुराईज दूध , दहि , घ्यु , पनिर , खुवा लगायतका दुधका परिकारहरु उत्पादन हुनेछन् । उप-आयोजना संचालनका लागि संस्थाले २७.४% अर्थात् ६३ लाख ३१ हजार सातसय एकानब्बे , बैंक तथा वित्तीय संस्थाबाट ३०% अर्थात् ७० लाख तथा आयोजनाको पुरक अनुदान ४२.८६% अर्थात् १ करोड रुपैया गरि १००% अर्थात् २ करोड ३३ लाख ३१ हजार ७९१ रुपैयाँ कुल लागत रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *