
हेटौंडा \ हेटौंडाको श्रमिक बचत तथा ऋण सहकारी संस्था र सुरक्षित बचत तथा ऋण सहकारी संस्था एकिकरण भएको छ ।
शनिबार आफ्नो सहकारीको छुट्टाछुट्टै वार्षिक साधारण सभा पश्चात एकिकरण भएको हो । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।
एकिकरण सम्बन्धी निर्देशिका २०७७ अनुरुप दुई सहकारी संस्था एक भएको हो । संयुक्त भेलाले तदर्थ समिति गठन गरेको छ । भेलाले सहकारीको नाम श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था नाम राख्ने भनी पारित गरेको छ ।
भेलाले नवराज अर्यालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा टंकनाथ नेपाल, कोषाध्यक्षमा विरेन्द्रप्रसाद ढुङ्गाना, सचिवमा अर्जुनप्रसाद ढुंगेल चयन भएका छन् ।
संस्थाको सदस्यहरुमा भने नवराज थपलिया, राजन घिमिरे, उदयनारायण श्रेष्ठ, पूर्णकुमारी कार्की, गणेश कठायत, मणिप्रसाद पाठक र नारायणप्रसाद अधिकारी रहेका छन् ।
संस्थाको लेखा संयोजकमा हरि कुमार शर्मा लामिछाने र सदस्यमा हरि कोइराला र श्यामकुमार बस्नेत चयन भएका छन् ।