हेटौंडा \ हेटौंडा ४ अजरअमररोडमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिको ११ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष नवराज अर्यालको सभाध्यक्षता तथा प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।

सहकारीले आव २०७७/७८मा १० करोड ९४ लाख ५० हजार १९३ बराबरको कारोबार गर्दै आफ्ना शेयर सदस्यलाई ८ करोड ५१ लाख ५० हजार ४०४ ऋण लगानी गरेको छ । १ करोड ४३ लाख २३ हजार ६ सय शेयरपुजीँ रहेको सहकारीमा शेयर सदस्यहरुले ७ करोड ११ लाख ६५ हजार ४७० बचत गरेका छन् ।

सभाको अवसर पारेर सहकारीले जेष्ठ शेयरसदस्य नारायणप्रसाद श्रेष्ठ, अम्बिका अर्याललाई सम्मान गरेको छ । सहकारीबाट कर्जा लिई नियमित किस्ता भुक्तानी गर्ने सुभद्रा नेपाल दवाडी, धेरै ऋण लिएर धेरै व्याज भुक्तान गर्ने सावित्री गौतम र अधिक बचत गर्ने विजयकुमारी दुलाललाई सम्मान गरिएको थियो ।

No description available.

सोही अवसरमा निवर्तमान व्यवस्थापक दुर्गाप्रसाद घिमिरे र पूर्व कर्मचारी राजल तामाङलाई पनि सम्मान गरिएको थियो । सभालाई संचालक सदस्य पवि शर्माले स्वागत भनाइ राखेका थिए ।

सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य हिमाल पौडेल, वरिष्ठ सल्लाहकार सुदर्शन अधिकारी, राष्ट्रिय सहकारी बैंकका शाखा प्रवन्धक रामेश्वर अर्याल, कानुनी सल्लाहकार केशव प्रसाद गौतम, लेखा संयोजक शंकर अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।