December 12, 2024
मंसिर ४, २०७८

हेटौंडा \ हेटौंडा १० मा रहेको श्रमिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष मिन बहादुर प्रधानको सभाध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष पूर्व सांसद ललितकुमार बस्नेतको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।

सहकारीले आव २०७७/७८मा १२ करोड ७९ लाख १० हजारको कारोबार गरेको छ । आफ्ना शेयर सदस्यलाई ९ करोड ४१ लाख ३२ हजार ४२६ कर्जा लगानी गर्दै ९ करोड ४४ लाख २१ हजार २६३ बचत निक्षेप राख्न सफल भएको छ ।

२ करोड ३३ लाख ६६ हजार शेयरपुजीँ रहेको सहकारीमा १,२४२ शेयर सदस्य आवद्ध रहेका छन् । सभामा सहकारीले असल बचतकर्ता भनेर सीतामाया गोले र असल ऋणी भनी चन्द्रबहादुर लामालाई सम्मान गरिएको थियो ।

No description available.

सभामा हेटौंडा वडा नम्बर १० का वडा अध्यक्ष किताबसिं लामा, उपमहानगरका सहकारी विभागका हिमप्रसाद पौडेल, जिल्ला बचत संघका सदस्य शंकरप्रसाद कालाखेती, साइराम साकोसका उमा निरौला सिग्देल, लेखा संयोजक उद्धवप्रसाद उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *