हेटौंडा \ मातृभूमि वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं साधरण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रमकामा असल ऋणी उर्मिला गोले र असल वचतकर्ता शिवराम श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी संस्थाका अध्यक्ष विनोदचन्द्र कोइरालाले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष इन्दिरा न्यौपानेले कोषाध्यक्षको प्रतिवेदन, घनस्याम नेपालले लेखा समितिको प्रतिवेदन र रामहरी तिमल्सिनाले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वनविज्ञान अध्ययन संस्थानका सहप्राध्यापक कृष्णप्रसाद दहाल, संस्थाका उपाध्यक्ष नारायण लम्साल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।