March 21, 2023
खबर सहकारी

हेटौंडा \ हेटौंडा ८ कमानेमा रहेको सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार भएको छ ।

७ करोड ३२ लाख २८ हजार ४७ रुपैयाँको कारोबार रहेको संस्थाले आफ्ना शेयर सदस्यलाई ५ करोड ६० लाख २४ हजार ५४७ ऋण प्रवाह गरेको छ । १८०३ जना शेयर सदस्य रहेको संस्थामा १ करोड ७० लाख शेयर पुजीँ रहेको छ ।

सभामा सहकारीले एकै दिन श्रीमान् श्रीमती शेयर सदस्य बनेका २५ जोडीलाई सम्मान गरेको छ । त्यस्तै, उत्कृष्ट बाल बचतकर्ता सामभवी श्रेष्ठ, असल ऋणी सावित्री अर्याल, अधिक शेयर सदस्य भएको समुह, व्यववसायिक समूह, अनुशासित समूह, अधिक शेयर सदस्य बनाउने समूहलाई पुरस्कृत गरिएको थियो ।

हेटौंडामा विभिन्न तीन स्थानमा सेवा केन्द्र समेत सञ्चालन गर्दै आइरहेको सहकारीले शुद्ध तोरीको तेल, फापरको पिठो, जौको र चनाको सातु, कोदोको पिठो, मकैको च्याख्ला, जस्ता वस्तुउत्पादनगरी विक्रिवितरण गर्दै आइरहेको छ ।

हेटौंडा उपमहानगर सामान्य प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापाको प्रमुख अतिथ्यतामा भएको सभामा दिव्यतारा बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष गणेश लामा, संस्थाका सल्लाहकार शम्भुप्रसाद दुलाल, कानुनी सल्लाहकार आरके मैनाली, लेखा समिति संयोजक रेवती रमण न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । सभा संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *