साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ। नेप्से ३३.२८ अंकले घटेर दुई हजार ७०१.३२ विन्दुमा कायम भएको हो। सोमबार नेप्से १.२१ प्रतिशतले घटेको हो।
आज कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ६ अर्ब २६ करोडमाथि रहेको कारोबार रकम घटेर ६ अर्ब आठ करोडमा झरेको हो। आज ३६० कम्पनीका एक करोड ३९ लाख २५ हजार कित्ता सेयर खरिद–बिक्री भए।
सेयर बजारका १३ समूहमध्ये बैंकिङ र म्युचल फन्ड एक प्रतिशतभन्दा थोरैले वृद्धि हुँदा बाँकी ११ समूहको सूचक घटेका छन्। होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह दुई प्रतिशतभन्दा धेरैले ओरालो लाग्दा विकास बैंक, जलविद्युत्, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्य समूह एक प्रतिशतभन्दा धेरैले घटे।
बजार घटे पनि एभरेस्ट कलरका लगानीकर्ताले १४.९९ प्रतिशत कमाए। यसैगरी, गरिमा समृद्धि योजना र सानिमा डिबेन्चर चार प्रतिशतभन्दा धेरैले उकालो लागे।
आत्मनिर्भर लघुवित्तका लगानीकर्ता सर्वाधिक गुमाउने सूचीको शीर्ष स्थानमा छन्। उक्त धितोपत्रको मूल्य १३ प्रतिशतभन्दा धेरैले घटेको छ।


