सेयर बजार बिहीबार कारोबारको सुरुआती चरणमा दबाबमा देखिए पनि अन्तिम समयमा सुधारिँदा नेप्से परिसूचक १४.१७ अंकले बढेर दुई हजार ७२६ अंकमा पुगेको छ। यही स्तर दिनभरको उच्च विन्दु पनि रह्यो।

कारोबारका क्रममा दिउँसो नेप्से २६८९ अंकसम्म झरेको थियो।त्यसपछि बजारमा सुधार आउँदा परिसूचक उच्च विन्दुमै बन्द भएको हो। बजार उकालो लागे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन पाँच अर्ब १८ करोडको कारोबार भएकोमा बिहीबार चार अर्ब ६७ करोडमा सीमित रह्यो।

आज १४९ कम्पनीको सेयर मूल्य बढेको छ, ११५ कम्पनीको मूल्य घटेकाे छ भने १२ कम्पनीको मूल्य स्थिर रहेकाे छ ।