हेटौंडा \ जिल्ला बचत तथा ऋण सहकारी संघ लि मकवानपुरको १६ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संघका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।
मकवानपुर जिल्लाभित्र रहेका बचत तथा ऋणको कारोबार गर्ने १४० वटा सदस्य संस्था रहेको संघले आफ्ना शेयर सदस्य संस्थालाई ३३ करोड ९७ लाख ३० हजार १७३ लगानी गरेको छ भने ६६ करोड ७९ लाख ७८ हजार १२० बचत निक्षेप संकलन गरेको छ । ४ करोड ६ लाख ५५ हजार शेयर पुजीँरहेको संघले आव २०७७/०७८मा ८० लाख ३९ हजार ८१२ रुपैयाँ खुद नाफा गरेको छ । संघले ७३ करोड ४० लाख ३० हजार २०८ को कारोबार गरेको छ ।
संघले सभामा सर्वोत्कृष्ट महिला साकोस सृजना महिला साकोस मार्खु र मिश्रित साकोसमा जागरण साकोस मकवानपुरगढी ३ लाई सम्मान गरेको छ । त्यस्तै, सहकारी अभियानकर्मी महिला तर्फ भगवती पुडासैनी र पुरुषतर्फ पुर्ण बहादुर खनाल, उत्कृष्ट सहकारी कर्मचारी महिलातर्फ महिला एकता साकोसका व्यवस्थापक शर्मिला ढुङ्गाना, पूरुषतर्फ युवा साकोसका व्यवस्थापक अमृत सापकोटालाई सम्मान गरिएको थियो ।
संघमा उत्कृष्ट दैनिक कारोबार गर्ने प्रतिफल साकोस र साकोस एकिकरण सम्मानमा चौघडा र भुवनेश्वर साकोसलाई पुरस्कृत गरिएको थियो । सभामा समग्रतर्फ सर्वाधिक बचत गर्ने महिला मिलन साकोस, ऋण परिचालन गर्ने हेटौंडा साकोस र शेयर खरिद गर्ने महिला सेवा साकोस र गाउपालिका तर्फ सर्वाधिक बचत गर्ने महिला जागृती साकोस, ऋण परिचालन गर्ने महिला आवाज साकोस, शेयर खरिद गर्ने दिव्यज्योती महिला साकोसलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, महिला साकोस तर्फ सर्वाधिक बचत जम्मा गर्ने महिला जनशक्ती साकोस, ऋण परिचालन गर्ने महिला अभियान साकोस र शेयर खरिद गर्ने बागेश्वरी महिला साकोसलाई पुरस्कृत गरिएको थियो ।
सभामा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीको विषेश अतिथ्यता रहेको थियो भने प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष राधा सिन्तान, संघका सल्लाहकार बद्री प्रसाद लम्साल, सहकारी संघका मेनुका दाहाल, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, लेखा समिति संयोजक सुलोचना स्याङ्तान लगायत सहकारी अभियान्ताहरुको आतिथ्यता रहेको थियो ।