हेटौंडा\ विश्व वातावरण दिवसको अवसरमा शिवम् सिमेन्टले वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ हेटौंडा–१७, हटिया स्थित आफ्नो उद्योग परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।
कार्यक्रमअन्तर्गत शुक्रबार उद्योग परिसरमा विभिन्न प्रजातिका करिब दुई सय वटा बिरुवा रोपिएका छन ्। कम्पनीका अनुसार वातावरण संरक्षणप्रतिको आफ्नो प्रतिवद्धतालाई थप सुदृढ बनाउने लक्ष्यसहित आगामी असार महिनासम्म करिब एक हजार भन्दा बढी बिरुवा रोप्ने योजना रहेको छ ।
वृक्षारोपण कार्यक्रममा कम्पनीका कर्मचारी, व्यवस्थापन पक्ष तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममार्फत उद्योग परिसरलाई थप हराभरा बनाउनुका साथै वातावरणीय सन्तुलन कायम राख्न योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ ।
शिवम् सिमेन्टले उत्पादन र व्यवसायिक गतिविधिसँगै वातावरणीय उत्तरदायित्वलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको छ । कम्पनीले हरित वातावरण निर्माण, कार्वन उत्सर्जन न्यूनीकरण तथा दीगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै विभिन्न वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्दै आयोजना गरिएको यस वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै हरित नेपाल निर्माण अभियानमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।


