April 26, 2024
कार्तिक २६, २०७८

मकवानपुरगढी २ शिखरकटेरीमा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ ।

बागमती प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख अतिथ्यतामा सभा भएको थियो । सहकारीले आव २०७७-०७८मा ८ करोड ८१ लख ८३ हजार ६५५ रुपैयाँको आर्थिक कारोबार गरेको छ ।

सहकारीले सभामा जेष्ठ शेयर सदस्य गंगाकुमारी भट्ट, फुलमाया स्याङतान, हिरामाई चौरेल, ठुलीमाया थिङ, साइलीमाया घिसिङ, सुन्तलीमाया स्याङ्तान र बखतमाया खत्रीलाई सम्मान गरिएको थियो ।

त्यस्तै, उत्कृष्ट महिला समूहमा जागृत महिला समूह, रोमि महिला समूह, कालिका महिला समूह, लक्ष्मी महिला समूह र बाल बचत समूहमा प्रगती बाल समूह र प्रतिज्ञा बाल समूहलाई सम्मान गरिएको थियो । सभामा असल ऋणी सुनमाया थोकर डिम्डुङ, सन्चमाया गोले भुलुन, शान्ती कुमारी डिम्डुङ र दुर्गादेवी गोलेलाई सम्मान गरिएको थियो ।

May be an image of one or more people, people standing, people sitting and outdoors

सहकारी संस्थाका अध्यक्ष तेजकुमारी अस्थानीको सभाध्यक्षतामा भएको सभामा वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रिन, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, नेफ्स्कुन मकवानपुर फिल्ड संचालक सदस्य राजु गौतम, सचेत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यतिराज सापकोटा, वडा सदस्य रामप्रसाद पुडासैनी, चण्डिका माविका अध्यक्ष राजकुमार गोले, चन्द्रसुर्य साकोसका सचिव पूर्णमाया भोम्जन, सल्लाहकार मिना चौरेललगायतको अतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *