मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं स्थापना दिवस मनाईको छ । सहकारीले दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाएको हो । बुधबार संस्थाका अध्यक्ष पार्वती फुयाँलको अध्यक्षता तथा वडा नम्बर ५ का वडाध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यतामा उत्कृष्ट व्यवसायी सदस्य सम्मान तथा समापन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा संस्थाबाट कर्जा लिई कृषि तथा पशुपालन र व्यवसायमा लगानी गरी आफ्नो आर्थिक स्तर वृद्धि गर्दै आइरहेका उत्कृष्ट पाँच जना व्यवसायीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा कृषितर्फ मकवानपुरगढी ६ को नीरा पाठक, पार्वती सापकोटा, पशुपालनतर्फ लक्ष्मीमायाँ बस्नेत र गोमा तिवारी, व्यवसायतर्फ मकवानपुरगढी ५ का पम्फा दर्जीलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेलाई वडाध्यक्ष दाहाल र संस्था अध्यक्ष फुयाँलले दोसल्ला, प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, संस्थाका संस्थापक अध्यक्ष सुन्तली पुडासैनी, लेखा समिति संयोजक सुलोचना स्याङ्तानलगायतको आतिथ्यता रहेको थियो ।

सहकारीले दुई दिन अशक्त तथा जेष्ठनागरिक शेयर सदस्यलाई घरदैलो गरी भेटघाट गरिएको संस्थाका व्यवस्थापक मेनुका कुमारी न्यौपानेले बताईन् । सोमबार सोलिथुममा अवस्थित मञ्जुश्री आधारभूत विद्यालयका २१ जना विद्यार्थीहरुको लागि आवश्यक स्टेशनरी सामाग्री प्रदान गरिएको उनले बताईन् ।