September 25, 2022
खवरसहकारी |  कार्तिक २२, २०७८  | 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी बीच दुर्घटना बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । पिक मीका चालक तथा सबै प्रयोगकर्ता ग्राहकहरुको अधिकतम एक लाख रुपैयाँ सम्म दुर्घटना बीमा गर्ने गरी आइएमई जनरल इन्स्योरेन्सले कम्पनीसँग बीमा सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मीका अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मीका चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गरे ।

सन् २०१४ देखि अन्तर्राष्ट्रिय बजारमा ट्रावल तथा पर्यटन क्षेत्रमा काम गर्दै आएको कम्पनी पिक मीले पछिल्लो समय नेपालमा समेत आफ्नो सेवा विस्तार गर्दै ट्राभल सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले राइड सेयरिङका साथसाथै फुड डेलिभरी, लजिष्टिक सपोर्टका साथै स्मार्ट सेवा प्रदान गर्दै आएको छ । कम्पनीको हेड अफिस श्रीलंकाको कोलम्बोमा रहेको छ ।

Leave a Reply

Your email address will not be published.