हेटौंडा \ किसानसँग खरिद गरेको दुधको रकम भुक्तानी लामो समय देखि निजी डेरीले नगरेको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटडले कृषकको भुक्तानी रोक्ने डेरी उद्योगगहरु सँग प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधि सहितको उपस्थितिमा मंगलबार छलफल गरेको छ । गत वर्ष देखि बक्यौता नतिर्ने गायत्री डेरी उद्योग प्रालि हेटौडा २ का प्रमुख श्रीजन कोइराला ,शुभ डेरी उद्योग प्रालि हेटौडा ९ का प्रमुख ज्ञानुराज लामा र स्यार्सेकालिका डेरी उद्योग हेटौडा ४ कर्रा का प्रमुख ईश्वर बर्तौलासंग छलफल गरिएको थियो ।
बक्यौता रकम प्रत्येक महिना जम्मा गर्दै जाने र ६५ प्रतिशत बक्यौता यहि असार मसान्त सम्म भुक्तानी गर्ने र पूर्ण रुपमा चुक्ता यहि असोज मसान्त सम्ममा गरि सक्ने प्रतिवद्धता उद्योग प्रमुखहरुले गरेकागर्नु भएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटडका अध्यक्ष हरि प्रसाद कडेलले बताए । उद्योगले गरेको प्रतिवद्धता अनुसार भुक्तानी नभए प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुले कडा भन्दा कडा आन्दोलनका कार्यक्रम सार्वजनकि गरी उत्रने चेतावनी दिएका थिए । ६ महिना देखि भुक्तानी नपाएको किसाननहरुको गुनासो समेत रहेको छ ।
गायत्री डेरी उद्योग प्रालिले ४ करोड ४९ लाख ४४ हजार ८ सय ७३ , शुभ डेरी उद्योग प्रालिले ६ करोड ७० लख ७६ हजार ४ सय र स्यार्सेकालिका डेरी उद्योगले १ करोड ६ लाख ६ सय ७५ तिर्न पर्ने बक्यौता रहेको मकवानपुर जिल्ला दुग्ध सहकारी संघका लेखापाल सन्तोष घिमिरेले बताए ।
संघको कार्यालय चौकीटोलमा भएको छलफल कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघ लिका अध्यक्ष एंव संघका सल्लाहकार नारायण देवकोटा ,संचालक सदस्यहरु ,प्रारम्भिक सहकारी सस्थाका प्रतिनिधिहरु,उद्योगका प्रमुखहरुको सहभागी रहेको थियो ।

