हेटौंडा \ हेटौंडा २ बुद्धचोकमा अवस्थित ग्रामीण बहुउद्देयीय सहकारी संस्थाले आफ्नो २७ औँ स्थापनाको अवसरमा हेटौंडा १० स्थित गोरक्षश्वर धाम संस्कृत वेद विद्यालयलाई एक थान फ्रीज हस्तान्तरण गरेको छ । संस्थाका सचिव रवीन ढकालको अध्यक्षता तथा विद्यालयका अध्यक्ष सूर्यप्रसाद नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
संस्थाको स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयलाई फ्रीज प्रदान गरेका हौं, गर्मी मौसम सुरु भएसँगै यहाँ बसेर अध्ययन गर्ने बटुक(विद्यार्थी)लाई सहजता पुग्नेछ, सचिव ढकालले भने । हरेक वर्ष स्थापना दिवसमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेका छौं ।
कार्यक्रममा विद्यालय प्रअ गणेश धिताल, संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनी, सदस्यहरु गीता कोइराला, प्रभाकर पुडासैनी, संस्थाका व्यवस्थापक पुष्पा क्षेत्री लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका कर्मचारी, विद्यालयका शिक्षक तथा बटुकहरुको सहभागिता रहेको थियो ।

