नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलमा फेरि मूल्य वृद्धि गरेको छ।

बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।

यो सँगै काठमाडौँमा अब पेट्रोलको मूल्य २०२ रुपैयाँ पुगेको छ।