हेटौंडा \ “उद्यमशिलता र पारदर्शिता ः सहकारीको प्राथमिकता” भन्ने नाराका साथ ६९ औं राष्ट्रिय सहकारी दिवस वागमती प्रदेशको राजधानी हेटौंडा मकवानपुरमा बिभिन्न कार्यक्रम गरी भब्यरुपमा मनाईने भएको छ । मकवानपुरमा राष्ट्रिय सहकारी दिवस मनाउनको लागि मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन भईसकेको छ । समितिको सदस्यहरुमा जिल्ला सहकारी संघका सञ्चालक समितिका पदाधिकारीहरु, बिषयगत सहकारी संघका अध्यक्ष लगायत पदाधिकारीहरु, जिल्ला स्थित सहकारी संस्थका अध्यक्षहरु रहनेछन् । मूल समारोह समितिको सल्लाहकारमा बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्रालयका निमित्त सचिव उमेश दाहाल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल रहेका छन् । समितिको आयोजना मकवानपुर जिल्ला सहकारी संघ लगायत जिल्लास्थित विषयगत सहकारी संघहरुको सहकार्य र बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा विभिन्न रचनात्मक कार्यक्रमहरुसहित मनाईने मूल समारोह समितिले वनाएको छ ।
सहकारी दिवसको अवसरमा चैत्र १४ गतेदेखि यसवर्षको नारा सहकारी दिवसको नार “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता” सहित सहकारी दिवस सम्वन्धि ब्यानर सहकारी संघ संस्थाको कार्यालयमा राख्ने, मूल कार्यक्रम अन्तरगत बागमती प्रदेशको राजधानी हेटौंडामा चैत्र १८ गते हेटौंडाको बुद्धचोकमा बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम, १९ गते बिहान ७ बजेदेखि हेटौंडाको चौकीटोलमा रहेको हिमालयण दरवारमा “सहकारी संरक्षण र सम्वद्र्धनमा अभियान र नियमकीय भूमिका” विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ ।
अन्तरसंवाद कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न सहकारी संघ, संस्थाका करिव २५० जना भन्दा बढी अध्यक्ष, ब्यवस्थापकको सहभागिता रहनेछ । त्यस्तै सहकारी दिवस अन्तरगत चैत्र २० गते बिहान ७ बजे हेटौंडाको हुप्राचौरबाट प्रभातफेरी ¥याली सुरु गरी हिमालयण दरवार चौकीटोलमा सहकारी दिवस समारोह हुनेछ भने साँझ जिल्लाभरका सहकारी संघ, संस्थाको कार्यालय परिसरमा दिपावली गरिने सहकारी दिवस मूल समारोह समितिले जनाएको छ ।