काठमाडौँ \ साताको कारोबारको एक दिन सेयर बजार परिसूचक (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ४.४५ अङ्कले बढेर २८२४.९० विन्दुमा पुगेर बन्द भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतको वृद्धि हो ।
परिसूचकमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम भने निकै उत्साहजनक रहेको छ । आज कुल ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सोलु हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाएका छन् । त्यस्तै सालपा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशत र होटल फरेन्ट इनको मूल्य ९.९३ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेका छन् ।
ग्रीनलाइफ हाइड्रोपावर र अभियान लघुवित्तको सेयर मूल्यमा पनि उल्लेख्य सुधार देखिएको छ । आज सबैभन्दा धेरै गिरावट धर्मखोला हाइड्रोपावरको १० प्रतिशतले भएको छ ।
कारोबार रकमका आधारमा आज ग्रीनलाइफ हाइड्रोपावर अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको ८१ करोड १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ६७ करोड ९६ लाख, नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख र हिमाल दोलखा हाइड्रोपावरको ५५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

