काठमाडौँ \ होलीमा प्रयोग हुने रङ १५ करोड ६१ लाख रुपैयाँ बराबरको आयात भएको छ  । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार १५  करोड ६१ लाखरुपैयाँको २५१.९७ मेट्रिक टन रङ आयात भएको उल्लेख छ ।

उक्त परिमाणमा रङ आयात  हुँदा ३ करोड ३८ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको उल्लेख छ ।  यस्तो रङ नेपालमा भारत, चीन, जर्मनी, कतार, युएईलगायतका मुलुकबाट आयात हुने गरेको उल्लेख छ ।