January 13, 2025
कार्तिक १७, २०७८

काठमाडौं \  पाँच दलीय गठबन्धन सरकारले भागवबण्डाका आधारमा नयाँ बिमा कम्पनी सञ्चालनका लागि अनुमति दिने तयारी शुरु गरेको छ । बिमा समितिले कम्तिमा १० वटा नयाँ कम्पनी थप्ने गरी प्रक्रिया शुरु गरेको स्रोतको दाबी छ ।

सञ्चालन अनुमति दिने तयारी शुरु गरिएको सूचना पाएपछि बिमा समितिमा करिब एक दर्जन नयाँ निवेदन परेका छन् । बिमा समितिले चार वर्ष नयाँ बिमा कम्पनीहरुका लागि लाइसेन्स बन्द गर्ने निर्णय गरेको थियो ।

समितिका अध्यक्ष सूर्य सिलवाल भने अहिले लाइसेन्स बन्द नै रहेको र खुलाउने विषयमा कुनै तयारी नगरिएको बताउँछन् । तर ६/७ कम्पनीहरुले लाइसेन्सका लागि आवेदन दिएको भने अध्यक्ष सिलवालले स्वीकार गरे । लाइसेन्सका लागि प्राप्त निवेदन दर्ता भने गरिएको स्वीकार गरेका अध्यक्ष सिलवालले अनलाइनखबरसँग भने, ‘निवेदन दर्ता गराए भन्दैमा लाइसेन्स पाइहाल्ने भन्ने कुरा हुँदैन, अहिले कुनै कुरै भएको छैन ।’

बिमा समितिले नयाँ लाइसेन्स खुलाउने निर्णय नै नगरी एउटा पुनर्बिमा कम्पनी सञ्चालनका लागि भने अनुमति दिइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा बिमा समितिको अध्यक्ष नियुक्त भएका पूर्वसचिव सिलवालले पुनर्बिमा कम्पनी देशमा एउटामात्रै रहेको र अर्को एउटा आवश्यक पर्ने भन्दै हिमालयन रि-इन्स्योरेन्सलाई सञ्चालन अनुमति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *