हेटौंडा \ हेटौंडा ८ राजपानीमा अवस्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । दुई दिन सञ्चालन हुने सभा र प्रदर्शनीको संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा संस्थाले स्थानीय उत्पादनको बृहत प्रदर्शनी तथा विशेष छुट सहित बिक्री मेला समेत आयोजना गरेको छ । साधारणसभा स्थलमै संस्थाले उत्पादन गरेका ५० भन्दा बढी वस्तुहरु विक्रीका लागि राखिएको संस्थाका अध्यक्ष बस्नेतले बताए । बिक्री मेला शनिबार पनि सञ्चालन हुनेछ, छुट अफर भएकाले सेवाग्राहीले दैनिक उपभोग्य सामान खरिद गर्न सक्नेछन्, उनले भने । मेला अवधिभर बीस हजार जनाले अवलोकन गर्ने अनुमान रहेको छ ।

तीन हजार भन्दा बढी शेयर सदस्य रहेको सहकारीले आफ्ना सदस्यलाई ६ करोड २२ लाख ५९ हजार ४६७ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक राजाराम थापाले बताए । उनका अनुसार बचत निक्षेप भने १५ करोड ७८ लाख ४७ हजार ३४९ रुपैयाँ रहेको बताए । आव २०८१\०८२ को वित्तीय अवस्थाको प्रतिवेदन अनुरुप २ करोड ९० लाख ६८ हजार ६ सय शेयर पुजीँ रहेको छ । जगेडा कोषमा भने २२ लाख ५७ हजार ३९८ रुपैयाँ रहेको छ ।

May be an image of one or more people

सभामा ८ का वडा अध्यक्ष रामकृष्ण थापा, ७ का वडाध्यक्ष दामोदर गौतम, जिल्ला बचत संघका कोषाध्यक्ष विष्णुमाया लामा, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, संस्थाका वरिष्ठ सल्लाहकार रघुरमण न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडामा प्रमुख समीर श्रेष्ठ, हेटौंडा साकोसका अध्यक्ष इन्द्रबहादुर बस्नेत,उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, दिव्यतारा बहुउद्देश्यीय सहकारीका सचिव ईश्वर पण्डित, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख बिमला पोखरेल, संस्थाका लेखा समिति संयोजक रेवतीरमण न्यौपाने, कानुनी सल्लाहकार राधाकृष्ण मैनाली लगायतको आतिथ्यता रहेको थियो ।