बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै सभामुख पाठकले २०८२ भदौ १ गते नै राजीनामा दिएको जानकारी गराएको हो ।
सभामुख पाठकज्युले उपसभामुख अप्सरा चापागाँइलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए । प्रदेश सभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले जनाएका छन् ।
सूचना प्रकाशित भएसँगै उनको राजीनामा स्वीकृत भएको हो । उनी राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएपछि सभामुख भएका थिए ।

