ईन्द्रसरोवर \ ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित श्रीमितेरी बचत तथा ऋण सहकारी संस्था लिले एक दिने ऋण असुलीको कानूनी प्रक्रिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । शनिवार संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षता तथा कानूनी सल्लाहकार शिवकुमार अधिकारीको सहजीकरणमा कार्यक्रम भएको थियो ।
प्रायः सबै सहकारीमा भाखा नाघेका ऋणीहरुको संख्या वृद्धि भइरहेको अवस्थामा ऋण असुलीमा हुने कानूनी प्रावधान बारे सहजीकरण गरिएको थियो । संस्थाका पदाधिकारी, संचालक सदस्य, ऋण समिति,लेखा समिति, व्यवस्थापक, ऋण सहायक लगायत संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अभिमुखीकरणमा सहजकर्ता अधिकारीले ऋण व्यवस्थापन, ऋण असुली, धितो लिलामी र कर्जा असुली न्यायाधिकरण सम्बन्धी कानूनी तथा व्यवहारिक पक्षहरुको जानकारी गराइएको संस्थाका सूचना अधिकारी उमेश बस्नेतले बताए ।

