हेटौंडा \ हेटौंडा १४ बदेलधापमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाले ८ करोड १२ लाख ६ हजारको कारोबार गरेको छ । संस्थाको १८ औँ वार्षिक साधारण सभा गर्दै उक्त कारोबार भएको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
एक हजार ५५७ जना शेयर सदस्य रहेको सहकारीमा ९४ लाख २५ हजार ९ सय शेयरपुजीँ रहेको छ । बचत निक्षेपमा ६ करोड २२ लाख ५४ हजार ५०९ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक रेरिना लामाले बताईन् । संस्थाले आफ्ना शेयर सदस्यलाई ५ करोड ३७ लाख ६३ हजार ४९५ रुपैयाँ कर्जा लगानी गरेको उनले बताईन् ।
संस्थाका अध्यक्ष चन्द्रादेवी तामाङको सभाध्यक्षतामा सभा भएको थियो । संस्थाका संस्थापक अध्यक्ष, सचिव, लेखा समिति संयोजक लगायतको आतिथ्यता रहेको थियो । सभाकै अवसरमा सभामा समयमै उपस्थित हुने १५ जनालाई गोलाप्रथा मार्फत पुरस्कृत गरिएको थियो ।

