हेटौंडा \ हेटौंडा ११ नवलपुरमा अवस्थित बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई २२ करोड ३ लाख ४५ हजार ८७९ रुपैयाँ कर्जा लगानी गरेको छ । आव २०८१/०८२ को असार मसान्त सम्ममा संस्थाले उक्त रकम लगानी गरेको हो । शनिबार भएको संस्थाको १७ औँ वार्षिक साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले २७ करोड ९८ लाख  ९२ हजार ९३१ रुपैयाँ बचत निक्षेप गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताईन् ।

तीन करोड ६९ लाख ८ हजार ९ सय शेयरपुजीँ रहेको संस्थाको जगेडा कोषमा भने एक करोड ६४ लाख २७ हजार १५५ रुपैयाँ रहेको अधिकृत श्रेष्ठले बताईन् ।

संस्थाका अध्यक्ष आशा अधिकारीको सभाध्यक्षतामा भएको सभामा विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सभामा नियमित बचत गर्ने रेनुका आङदेङ लिम्बु, सिर्जना आलेमगर, शोभा ढकाल, सीता अधिकारी, विष्णुमाया अधिकारी, शर्मिला सुवेदी र शुभद्रा अधिकारीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट व्यवसायी गर्ने जानुका बानियाँ तामाङ, बिमला विश्वकर्मा, मञ्जु राजथला र शोभा बलामीलाई सम्मान गरिनुका साथै छात्रवृति सम्मानबाट भने रिभिसन हुमागाई र सुविना अधिकारीलाई गरिएको थियो ।

सभामा गोला प्रथा मार्फत खुत्रुके बचत पुरस्कारबाट लक्ष्मी सापकोटा, अनुषा सापकोटा, गमला बानियाँ, विनाकुमारी डंगोल, सीता ढकाल र गीता शिवाकोटी, उत्कृष्ट ऋण कारोबार गर्ने उर्मिला श्रेष्ठ, ईन्द्र लामा, शोबिता बानियाँ, निर्मला तिवारी र गीता भण्डारीलाई पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक उर्मिला ज्ञवालीले बताईन् ।उनका अनुसार शिक्षा बचत पुरस्कारबाट ज्ञानु दुलाल र कविता अधिकारी पराजुली, गहना बचत पुरस्कारबाट सीमा घलान, मेनुका कुमारी भण्डारी र शारदा घिमिरेलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै, पानसमा बत्ती बाल्ने सदस्य पुरस्कारबाट बिनिता श्रेष्ठ र गीतादेवी अधिकारी, सभामा सहकारीको ड्रेस लगाउने शान्ता विडारी, हिमकुमारी ढकाल, सरिता मिश्र, सुन्तली उप्रेती, चन्चरा पोखरेललाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा उत्कृष्ट कर्मचारी सम्मानतर्फ संस्थाको बजार सेवा केन्द्र प्रमुख कार्यालय सहायक ईन्दिरा कार्कीलाई सम्मान गरिएको थियो । साथै सुनौलो भविष्य बचत पुरस्कारबाट ३२ जना बालबालिकालाई पुरस्कृत गरिएको थियो ।

आव २०८१/०८२ मा ३६ करोड १२ लाख ४८ हजार ९४२ रुपैयाँ कारोबार गरेको संस्थाले आव २०८२/०८३का लागि ४० करोड २८ लाखको अनुमानित आयव्यय प्रस्तुत गरिएको थियो । सभामा संस्थाका पदाधिकारी, लेखा समिति संयोजक, विभिन्न उपसमितिका सदस्य तथा सम्पूर्ण शेयर सदस्यहरुको उपस्थितीमा भएको थियो ।