January 22, 2025
कार्तिक १६, २०७८

हेटौंडा \  आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लि. र गणपति बाबा बचत तथा ऋण सहकारी संस्था हेटौंडाबीच आईएमई कर्जा म्यादी जीबन बीमा सम्झौता भएको छ ।

मंगलबार सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद घिमिरे (ध्रुव) तथा ईन्स्योरेन्सका शाखा प्रमुख रुद्रनाथ घिमिरेले सम्झौतामा हस्ताक्षर गर्दै सम्झौता गरिएको हो ।

कार्यक्रममा मार्केटिङ्ग अफिसर केवल बानियाँ, सहकारी संस्थाका सदस्य तथा ईन्स्योरेन्सका एजेन्सी मेनेजर अन्जना उपाध्याय र सदस्य कमलराज मैनाली लगायतको उपस्थिती रहेको थियो ।

थोरै बिमा शुल्कमा ठुलो जोखिम लिने बिमा योजनामा धेरै सहकारी संस्थाहरुको आकर्षण ईन्स्योरेन्स बन्दै गइरहेको प्रवन्धक रुद्रनाथ घिमिरेले बताए । उक्त योजना बिमा एक लाख देखी २० लाख बिमांक सम्मको गर्न सकिने र १ लाखको कर्जा बीमागर्दा ५८५।५० लाग्ने प्रवन्धक घिमिरेले बताए ।

उक्त विमा सेवामा मुत्यु लाभ, बिमांक रकम बराबर, काज क्रियाखर्च, ४० हजार वा ५० हजार, दुर्घटनाबाट मुत्युमा थप लाभ, बिमांक रकम बराबर, स्थायी पुर्ण अशक्तता लाभ, बिमांक रकम बराबर, स्थायी पुर्ण आंशिक अशक्तता लाभ, बिमांक रकमको आधा रकम बराबर हुने घिमिरेले बताए ।

कर्जाको सुरक्षणको लागि ऋणी सदस्यहरुले थोरै रकम भुक्तानी गर्दा सदस्यलाई भवितव्यपर्दा ठुलो रकम ईन्स्योरेन्सले प्रदानगर्ने हुदा संस्थाको कर्जाको सुरक्षण तथा सदस्यको परिवारलाई समेत फाईदा हुने शाखा प्रवन्धक घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *