April 16, 2024
कार्तिक १६, २०७८

काठमाण्डाै \  शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार बढेको छ । नेप्से आज २३ दशमलव ७६ अङ्कले बढेर दुई हजार आठ सय ४३ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज बैंक, व्यापार र लगानीबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । बीमा, विकास बैंक, होटल र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो साेमवार सात अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा आज ९९ लाख ७७ हजार कित्ता शेयर ६ अर्ब सात करोड रुपैयाँमा किनबेच भएका छन् ।

आज साहस ऊर्जा कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै तीन प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *