January 13, 2025
कार्तिक १५, २०७८

काठमाण्डाै \ हिजो आइतवार ५५ अङ्कले बढेको शेयर बजार आज साेमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ७५ अङ्कले घटेर दुई हजार आठ सय १९ दशमलव ८६ विन्दुमा झरेको छ । 

आज बैंक, होटल र लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, उत्पादन, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय २६ कम्पनीका एक करोड ३४ लाख कित्ता शेयर सात अर्ब ७७ करोड ७५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३६ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज महालक्ष्मी विकास बैंक, साहस ऊर्जा र पाँचथर पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कामना सेवा विकास बैंकको शेयर भने साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *