हेटौंडा \ हेटौंडा ६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३४ औं वार्षिक साधारणसभा शनिबार भएको छ । हेटौडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि चौलागाईको सभाध्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा संस्था अध्यक्ष चौलागाईले संस्थागत प्रतिवेदन, उपाध्यक्ष केशव धितालले कृषक हितकोषको प्रतिवेदन, लेखा संयोजक जयराम घिमिरेले लेखा समितिको प्रतिवेदन र पशुधन संरक्षण तथा पशु स्वास्थ्य उपसमितिका संयोजक सूर्य प्रसाद दुलालले पशु धन उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।
सभाको अवसरमा संस्थाले आव ०८१\०८२ मा सबै भन्दा धेरै दूध विक्री गर्ने आशिष मल्ल , बासुदेव अधिकारी , बलराम गौतम, रजत श्रेष्ठ , नवराज ढकाल र रामनाथ बास्तोला, गोठ सफा राख्ने दिलकुमारी खत्री, भाडा सफा राख्ने कुल प्रसाद चौलागाई, गुणस्तरीय दूध विक्री गर्ने श्यामप्रसाद न्यौपाने र दिलकुमारी अधिकारीलाई पुरस्कृत गरिएको थियोे ।
यसैगरी उत्कृष्ट बचतकर्ता टीका तिमल्सिना, देवीचन्द्र खड्का, असली कारोवारी नरबहादुर सापकोटा र लक्ष्मी कार्कीलाई समेत पुरस्कृत गरिएको थियो ।
सभामा वडा सदस्य विजय पौडेल, सरिता सापकोटा, लेखराज ढकाल, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, सल्लाहकार बासुदेव अधिकारी , साधुराम चौलागाई, बालकृष्ण चौलागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, नौलो विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना लगायतको आतिथ्यता रहेको थियो ।

