हेटौंडा \ हेटौंडा २ संगमचोकमा अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षतामा सभा भएको थियो ।

करिब तीन हजार शेयर सदस्य रहेको संस्थाले आव २०८१\०८२ मा ६ करोड ६६ लाख ३२ हजार ६ सय शेयरपुजीँ रहेको संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटाले बताईन् । उनका अनुसार सदस्यलाई ५६ करोड ४१ लाख ६५ हजार ८९४ रुपैयाँ कर्जा लगानी रहेको र ५६ करोड ६३ लाख २४ हजार ३१८ रुपैयाँ कुल बचत रकम रहेको जनाईएको छ । संस्थाको कुलपुजीँ भने ७४ करोड ८२ ९४ हजार ४४८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

हेटौंडा उपमहानगरपालिकाका सबै वडा, बकैया गाउँपालिकाको वडा ३ देखी ७ सम्म र मकवानपुरगढी गाउँपालिकाको १ देखी ४ वडासम्म कार्यक्षेत्र रहेको सहकारीले बकैयाबाट सेवा केन्द्र सञ्चालन गरि सेवा प्रवाह गर्दै आइरहेको छ । सहकारीले सभाकै अवसरमा नियमित बचतगर्नेतर्फ भोलाप्रसाद दाहाल र यशोदा कुईकेल, असल ऋणीतर्फ पम्फा श्रेष्ठ र सविना थापालाई सम्मान गरिएको थियो । साथै उत्कृष्ठ कर्मचारीतर्फ वरिष्ठ कार्यालय सहायक मनोज दहाललाई सम्मान गरिएको थियो भने एसईइमा उत्कृष्ट अंक ल्याउने र कक्षा १२ का उत्कृष्ट अंक ल्याउने एकएक छात्रछात्रालाई पुरस्कृत गरिएको थियो ।

सभामा संस्थाका सचिव सीताराम दाहालले चालु आव २०८२\०८३ को वार्षिक प्रस्तावित नीति तथा कार्यक्रमहरु पेश गर्दै सभाबाट पारित समेत गरेका थिए । सभाकै अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठले साधारणसभाको महत्व र प्राधिकरणले जारी गरेको निर्देशिकाको बारेमा सहजीकरण गरेकी थिइन् । सभामा संस्थाका सल्लाहकार नुरप्रसाद गौतम, राजु ढकाल, राजकुमार तिमल्सिना र अरुण कुमार खतिवडा लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।