हेटौंडा \ हेटौंडा १२ पान्तलेमा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा विहीबार भएको छ । बुधबार र विहीबार सम्पन्न सभा संस्थाका अध्यक्ष अचला शर्माको सभाध्यक्षतामा भएको थियो ।

सहकारीले ०८२ असार मसान्तसम्ममा ३६ करोड ३७ लाख बराबरको कारोबार गरेको संस्थाका व्यवस्थापक सुशीला वाईवाले बताईन् । सभाको अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सम्मान हुनेमा जेष्ठ सदस्यतर्फ तारा थापा घलान, श्रीमती ठुलीमाया गोले, छोइसाङ थिङ र धनकुमारी घलान रहेको व्यवस्थापक वाईवाले बताईन् ।

उनका अनुसार एकल सदस्यतर्फ शान्तीमाया स्याङ्वो, मधुमाया ब्लोन, सावित्री सापकोटा, चमेली थिङ, चिनीमाया मोक्तान, दुई सन्तान छोरी जन्माउने सिर्जना लो तामाङलाई समेत सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ठ कर्मचारीतर्फ ऋण शाखा प्रमुख डोल्मा दोङलाई सम्मान गरिएको थियो भने असल ऋणीतर्फ लक्ष्मी ब्लोन र रोजिना ढकाल, असल व्यवसायीतर्फ निर्मला मैनाली र सजिना थिङलाई सम्मान गरिएको वाईवाले बताईन् ।

सभामा उत्कृष्ट नियमित बचततर्फ विनिता मोक्तान थापा र निर्मला मोक्तान, उत्कृष्ट खुत्रुके बचततर्फ देवकी पुडासैनी र कौशीला थिङ र उत्कृष्ट बालबचततर्फ स्वरुप रुम्बालाई पुरस्कृत गरिएको थियो ।

सहकारीले आफ्ना सदस्यलाई २५ करोड ९० लाख ७८ हजार ४६९ रुपैयाँ कर्जा लगानी गरेको व्यवस्थापक वाईवाले बताईन् । संस्थामा बचत निक्षेप भने २५ करोड ४१ लाख ३४ हजार ६३५ रुपैयाँ रहेको छ । साढे पाँच हजार शेयर सदस्य रहेको संस्थामा ४ करोड ७ लाख ९ हजार सात सय शेयरपुजीँ रहेको छ भने जगेडा कोषमा एक करोड ९४ लाख ९० हजार २८२ रुपैयाँ रहेको उनले बताईन् ।