मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ खैरेनीमा अवस्थित जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको २० औँ वार्षिक साधारणसभा विहीबार भएको छ । संस्थाका अध्यक्ष खडानन्द न्यौपानेको सभाध्यक्षता तथा वडा नम्बर ५ का वडाध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यतामा सभा भएको हो ।

सभाको अवसरमा संस्थाले विभिन्न विधामा सदस्य तथा समूहलाई पुरस्कृत गरेको छ । समूहतर्फ जनज्योति आयआर्जन समूह प्रथम, अन्नपूर्ण आयआर्जन समूह द्धितीय, देवीथान आयआर्जन समूह तृतीय र ज्यामिरे आयआर्जन समूह सान्त्वना भई क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, असल ऋणीतर्फ अमिर अधिकारी र ज्ञानीमाया लो, उत्कृष्ट बचतकर्तातर्फ श्रीराम दहाल र सानुमाया चौलागाई, जेष्ठ सदस्यतर्फ भीमकुमारी दुलाल र एकल महिलातर्फ माया बललाई नगद सहित पुरस्कृत गरिएको संस्थाका सचिव राजन घिमिरेले बताए ।

२१ लाख १४ हजार शेयरपुजीँ रहेको सहकारीले २०८२ असार मसान्तसम्ममा आफ्ना सदस्यलाई दुई करोड ३ लाख ८९ हजार ६२५ रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थामा बचत निक्षेप भने एक करोड ९२ लाख ७ हजार १६४ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक दीर्घबहादुर थापाले बताए । उनका अनुसार संस्थाको जगेडा कोषमा १५ लाख ६ हजार २४३ रहेको छ ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पूर्व वडाध्यक्ष जीतबहादुर घिमिरे, गाउँपालिकाका सहकारी शाखा प्रमुख सुर्य बहादुर गुरुङ, संस्थाका पूर्व अध्यक्ष थलनाथ घिमिरे, स्वरोजगार साना किसान कृषि सहकारीका अध्यक्ष धनकुमारी खड्का, जनजागृति बहुउद्देश्यीय सहकारीका अध्यक्ष हिरामणि दाहाल, लेखा समिति संयोजक चण्डिका पौडेल लगायतको आतिथ्यता रहेको थियो ।