ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित श्रीमितेरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः धनराज महर्जन चयन भएका छ । संस्थाको १९ औं वार्षिक साधारण सभा तथा छैंटौ अधिवेसनले महर्जनको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

शनिबार भएको सभाले संस्थाको उपाध्यक्षमा मञ्जिला वाईवा, सचिवमा विष्णु महर्जन, सहसचिवमा राजकुमार कार्की, कोषाध्यक्षमा सुशान्त लामा चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा सुदीप बस्नेत, सकलक्ष्मी स्याङ्तान, बुद्ध बहादुर थिङ, सुविना अमात्य रहेका छन् । अधिवेसनले संस्थाको लेखा समिति संयोजकमा हिरालाल बलामी र सदस्यहरुमा राजेन्द्र कार्की र सुकमाया स्याङ्तान सर्वसम्मत चयन भएका छन् ।

महर्जनकै सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा वडा ५ का वडाध्यक्ष दुतराज तितुङ, ४ का वडाध्क्ष चन्द्रकुमार बल, कार्यपालिका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सभाकै अवसरमा सञ्चालित रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेको संस्थाका सूचना अधिकारी उमेश बस्नेतले बताए । सोही अवसरमा ६ विधामा उत्कृष्ट हुने समूह र सदस्यलाई सम्मान गरिएको बस्नेतले बताए ।

संस्थाले २० करोड २६ लाख २० हजारको कुल कारोबार गरेको छ । २ हजार भन्दाबढि सदस्य रहेको संस्थाको शेयरपुजीँ भने एक करोड ८९ लाख ७० हजार एक सय रुपैयाँ रहेको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए । उनका अनुसार संस्थाको असारमसान्तमा बचत निक्षेप १५ करोड ८४ लाख ७४ हजार ८९५ रुपैयाँ रहेको छ भने कर्जा लगानी १६ करोड ५९ लाख ४३ हजार ७०७ रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा भने एक करोड ५० लाख २४ हजार ७९० रुपैयाँ रहेको व्यवस्थापक थापामगरले बताए ।