हेटौंडा \ हेटौंडा १२ पान्तलेमा रहेको आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । संस्थाका अध्यक्ष सोममाया मोक्तानको अध्यक्षतामा सभा भएको थियो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशनअनुसार सभा सञ्चालन गरिएको संस्थाका अध्यक्ष मोक्तानले बताईन् ।
सभाकै अवसरमा जेष्ठ नागरिक सदस्य ठुलीमाया ब्लोन र हरिमाया थिङ, असल ऋणीतर्फ बिमला मोक्तान र कृष्णमाया वाईवा, असल बचतकर्तातर्फ शर्मिला थिङ र अनन्तकुमारी न्यौपाने, एकल महिला सदस्यतर्फ मुनुमाया योन्जन र भगवती जर्गामगरलाई सम्मान गरिएको संस्थाका सचिव लक्ष्मी ढुङ्गेलले बताईन् ।
एक हजार ७८३ जना शेयर सदस्य रहेको सहकारीले आव २०८१०८२ मा ७ करोड ३३ लाख ४० हजार ४५२ रुपैयाँको कुल कारोबार गरेको संस्थाका व्यवस्थापक गीता नेपालले बताईन् । ७९ लाख ४१ हजार ६ सय शेयर पुजीँ रहेको संस्थाले ५ करोड ७२ लाख ३८ हजार ६५१ रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थामा बचत निक्षेप ५ करोड ३० लाख ६९ हजार ९ सय रहेको छ । जगेडा कोषमा भने ३६ लाख १० हजार ४०५ रुपैयाँ रहेको व्यवस्थापक नेपालले बताईन् ।

